पर्सामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ « Khabarhub

पर्सामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा चेकजाँच गर्दा प्रहरीले वीरगन्जको सिर्सियाबाट दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज सिर्सियाका दीपेन्द्र साह र सनोज गुप्ता रहेका छन् । शंका लागि जाँच गर्दा उनीहरूको साथ गोली नभएको कटुवा पेस्तोल बरामद भएको पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जनाए ।

पक्राउ दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै