फिरौती रकम नपाएपछि यादवको हत्या, घटनामा स‌लग्न दुई पक्राउ « Khabarhub

फिरौती रकम नपाएपछि यादवको हत्या, घटनामा स‌लग्न दुई पक्राउ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहामा एक जनाको अपहरण पछि हत्या भएको खुलेको छ । अपहरणकारीले  फिरौती रकम नपाएपछि उनको हत्या भएको घटना बाहिरिएको हो ।

मिर्चैया नगरपालिका ७ का शिवकुमार यादवलाई आफ्नै काकाको छोराले अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्र देब यादवसँग मिलेर हत्या गरेको प्रदेस २ प्रहरी कार्यालय प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।

प्रदेश २ प्रहरी कार्यालयको प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको टोलीले हत्यामा संलग्न रहेको आरोपमा बिष्णु यादव र ईन्द्र देबलाई पक्राउ गरेको छ ।

बिष्णु र ईन्द्र देबलाई प्राविधिक प्रमाण सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

मृतक यादवका दाई केहि दिन पहिले वैदेशिक रोजगारबाट घर आएको समय पारेर उनीहरु अपहरण गरी फिरौती रकम मागेका थिए ।

परिवारजनले फिरौती रकम नदिएपछि गत आइतबार यादबको हत्या गरी अपहरणमा संलग्नले मिर्चैया १ स्थित आँप बगैँचामा शव फालेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ३० बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग