मुख्य प्रशिक्षक ह्वाटमोरले भने : नेपाली क्रिकेटरमा उच्च प्रतिभा छ « Khabarhub

मुख्य प्रशिक्षक ह्वाटमोरले भने : नेपाली क्रिकेटरमा उच्च प्रतिभा छ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल क्रिकेट संघका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली क्रिकेट खेलाडीमा उच्च प्रतिभा रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकूद परिषद्, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट संघद्वारा संयुक्तरुपमा मोरङमा आयोजित कार्यक्रममा उनले नेपाली खेलाडीलाई उचित प्रशिक्षण दिइने बताए ।

श्रीलङ्कका टीमलाई एक दिवसीय क्रिकेटमा विश्व विजेता बनाउन मुख्य प्रशिक्षण दिएका अष्ट्रेलियन नागरिक ह्वाटमोरले नेपाली खेलाडीलाई आवश्यक सीप तथा व्यावहारिक ज्ञान दिएमा आगामी दिनमा नेपाल विश्व वरियतामा अगाडि आउने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट संघका प्रशिक्षक जगत टमाटाले प्रदेशका खेलाडीहरुलाई मोरबाट आवश्यक सीप सिक्न सुनौलो अवसरमा पाएकोमा खुशी व्यक्त गरे ।

मोरङ जिल्ला क्रिकेट संघका नवीन घिमिरे, प्रदेशका चण्डिका बाँस्तोला, प्रदीपराज पाण्डेलगायतले यस क्षेत्रको क्रिकेटको विकासमा उनको प्रशिक्षण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

नेपालका प्रमुख प्रशिक्षक रहेका मोरले आज स्थानीय प्रशिक्षकलाई सैद्धान्तिक प्रशिक्षण दिएका थिए । यसैगरी वैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानमा विद्यालय तथा कलेजका विद्यार्थीलाई क्रिकेटसम्बन्धी व्यावहारिक सीप सिकाएका छन् ।

उनले चैत १२ र १३ गते प्रदेशअन्तर्गतका विभिन्न क्रिकेट क्लब र खेलाडीलाई प्रशिक्षण दिनेछन् । चैत १४ गते उनले खेलाडीको खेलको अनुगमन गर्नेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ४२ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको