मुख्य प्रशिक्षक ह्वाटमोरले भने : नेपाली क्रिकेटरमा उच्च प्रतिभा छ | Khabarhub Khabarhub

मुख्य प्रशिक्षक ह्वाटमोरले भने : नेपाली क्रिकेटरमा उच्च प्रतिभा छ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल क्रिकेट संघका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली क्रिकेट खेलाडीमा उच्च प्रतिभा रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकूद परिषद्, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट संघद्वारा संयुक्तरुपमा मोरङमा आयोजित कार्यक्रममा उनले नेपाली खेलाडीलाई उचित प्रशिक्षण दिइने बताए ।

श्रीलङ्कका टीमलाई एक दिवसीय क्रिकेटमा विश्व विजेता बनाउन मुख्य प्रशिक्षण दिएका अष्ट्रेलियन नागरिक ह्वाटमोरले नेपाली खेलाडीलाई आवश्यक सीप तथा व्यावहारिक ज्ञान दिएमा आगामी दिनमा नेपाल विश्व वरियतामा अगाडि आउने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट संघका प्रशिक्षक जगत टमाटाले प्रदेशका खेलाडीहरुलाई मोरबाट आवश्यक सीप सिक्न सुनौलो अवसरमा पाएकोमा खुशी व्यक्त गरे ।

मोरङ जिल्ला क्रिकेट संघका नवीन घिमिरे, प्रदेशका चण्डिका बाँस्तोला, प्रदीपराज पाण्डेलगायतले यस क्षेत्रको क्रिकेटको विकासमा उनको प्रशिक्षण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

नेपालका प्रमुख प्रशिक्षक रहेका मोरले आज स्थानीय प्रशिक्षकलाई सैद्धान्तिक प्रशिक्षण दिएका थिए । यसैगरी वैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानमा विद्यालय तथा कलेजका विद्यार्थीलाई क्रिकेटसम्बन्धी व्यावहारिक सीप सिकाएका छन् ।

उनले चैत १२ र १३ गते प्रदेशअन्तर्गतका विभिन्न क्रिकेट क्लब र खेलाडीलाई प्रशिक्षण दिनेछन् । चैत १४ गते उनले खेलाडीको खेलको अनुगमन गर्नेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ४२ बजे

संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा

काठमाडौं– भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै

तराई–मधेशकेन्द्रित दलहरूको बैठक आह्वान

काठमाडौं– रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनबारे छलफल गर्न तराई–मधेशकेन्द्रित दलहरूको

‘कुलिङ पिरियड’बारे छानबिन गर्न गठन हुने समितिमा को-को ?

काठमाडौं– निजामती कर्मचारीसम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

कीर्तिपुर– यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान

अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आधारभूत शिक्षा