ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरू | Khabarhub Khabarhub

ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरू


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ ।

कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन ।

यो पटक आठ वटा नाउर र चार झारलको शिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । हरेक वर्ष कात्तिक र चैतमा दुई सिजन शिकार खुल्ने गरेको छ । चालु वर्षको दोस्रो सिजनका लागि स्पेनका तीन, अमेरिकाका एक, रसियाका एक, युक्रेनका एक र फ्रान्सका दुई गरी आठ शिकारीले शिकार गर्ने छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १० नाउर र छ झारलको लागि खुलाएको बोलपत्र आह्वानमा सोचेभन्दा थोरै शिकारी आएको आरक्ष कार्यालयले जनाएको छ ।

शिकारी आउने देशमा अझै कोरोना सङ्क्रमणको समस्याले थोरै आएको अनुमान गरिएको छ । आएका शिकारीलाई आरक्ष कार्यालयले ब्लकअनुसारको क्षेत्र तोकेर पठाउने काम गर्ने सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए ।

आरक्षका अनुसार ग्लोबल सफारिज नेपालले तीन नाउर र एक झारल, नेपाल ट्राभल्स एक्सपिडिसन प्रालिले चार नाउर र दुई झारल, हिमालयन सफारिजले एक झारल र एक नाउर शिकार गर्न पाउने अनुमति लिएका हुन् ।

विश्वव्यापी कोरोनाले शिकार प्रभावित भएको ग्लोबल सफारिज नेपाल प्रालिले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ अनुसार कुनै पनि व्यक्तिले शिकार अनुमतिपत्र लिएर शिकार खेल्न पाउने व्यवस्था छ ।

विभागले तोकेअनुसारको राजस्व बुझाउने र हतियार चलाउन सक्ने लाइसेन्ससमेत भएको व्यक्तिले मात्र शिकार अनुमतिपत्र लिन पाउने व्यवस्था छ ।

नेपाली र विदेशी जुनसुकै नागरिकले पाउने भए पनि अहिलेसम्म विदेशी शिकारीले मात्रै अनुमति लिएर शिकार गरिरहेका छन् । स्थानीय सहयोगीका रूपमा भने उनीहरूले बागलुङलगायत विभिन्न क्षेत्रका व्यावसायिक शिकारीलाई साथ लिने गरेका छन् ।

ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ४५ बजे

वर्तमान राज्य संरचना नफेरी जेन-जीले खोजेको भ्रष्टाचार अन्त्य सम्भव छैन ः लिङदेन

काठमाडौं– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राज्य संरचना

राष्ट्रपति भवन शीतल निवासमा सुरक्षा व्यवस्थामा कडाइ (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको

कानुनी शासनको जगमा निकासा निकाल्नु उचित हुन्छ : मानव अधिकार आयोग

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन गर्दा लोकतान्त्रिक

जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु 

काठमाडौं– जेन-जीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई

‘अहिलेको समयलाई कोर्स करेक्सनको रूपमा सदुपयोग गर्नुपर्छ’

काठमाडौं– अर्थतन्त्रका जानकारहरूले ‘जेनजी पुस्ता’को प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा