स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्याङ्जा प्रशासनको आग्रह (सूचनासहित) « Khabarhub

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्याङ्जा प्रशासनको आग्रह (सूचनासहित)


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कोरोना संक्रमण बढ्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालय स्याङजाले स्वास्थ्य सुरक्षा मापदण्डसहित सतर्कता अपनाउन आग्रह गरेको छ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि जोखिम बढ्ने देखिएपछि सजक रहन स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम स्याङजा प्रशासनले सजक रहन आग्रह गरेको हो।

कोभिडविरुद्ध लड्न सबै नागरिकले आवश्यक समन्वय गर्न र स्वास्थ्य मापदण्ड अबलम्बन गर्न प्रशासनको आग्रह छ। प्रशासकीय अधिकृत राजेन्द्र शर्माद्वारा हस्ताक्षरित सूचनामा अति आवश्यक कामबाहेक जिल्लाभित्र भीडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह संचालन नगर्न आग्रह गरिएको छ ।

विभिन्न ६ बुँदामा उल्लेखित सार्वजनिक सूचनामा पटक पटक हात धुन, सेनिटाइजरको प्रयोग गर्न, हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन र कम्तीमा २ मीटर सामाजिक दूरी कायम गर्न भनिएको छ।

त्यस्तै, कोभिडको लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गइ कोरोना परीक्षण गराउन र जिल्लाका ११ वटै स्थानीय तहलाई संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै क्वारेन्टाइन र आइशोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। होटल, पसल व्यापार सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्न गराउन सूचनामार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ११ : ५५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग