प्रतिपक्षी दलको धर्म भनेकै जुनसुकै बेला वैकल्पिक सरकार दिनसक्नु हो– डा. भट्टराई « Khabarhub

प्रतिपक्षी दलको धर्म भनेकै जुनसुकै बेला वैकल्पिक सरकार दिनसक्नु हो– डा. भट्टराई


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दलको धर्म कुनै पनि बेला बैकल्पिक सरकार दिन सक्नु भएको बताएका छन् ।

बिहीबार एक ट्वीट गर्दै डा. भट्टराईले सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र आवश्यक परे नयाँ निर्वाचनमा जान प्रतिपक्षी दल तयार रहनु पर्ने बताए ।

उनले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको सरकारलाई बिदा गर्न ढिलाई गर्नु प्रतिपक्षी दलको धर्म अनुकुल नभएको समेत बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो। अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयाँ प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!’

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १२ : ३२ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस