नेकपा एमाले विवाद : नेपाल– खनाल समूहले पनि बोलायो केन्द्रीय कमिटी बैठक « Khabarhub

नेकपा एमाले विवाद : नेपाल– खनाल समूहले पनि बोलायो केन्द्रीय कमिटी बैठक


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

बैठक भोलि (शुक्रबार) बिहान ११ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सहभागी हुन काठमाडौंमा उपलब्ध सदस्यलाई बोलाएको नेता युवराज ज्ञवालीले जानकारी दिए ।

भोलिको बैठकले पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने पनि ज्ञवालीले बताए ।

यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरू सहभागी भएका थिएनन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै नेपाल-खनाल पक्षले समानान्तर गतिविधि गर्दै आएको छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १ : ३१ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस