गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव | Khabarhub Khabarhub

गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव

एक महिनादेखि बेपत्ता थिए दम्पती


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – एक महिनादेखि बेपत्ता महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा बिहीबार फेला परेको छ ।

पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते रातिदेखि ओछ्यानसहित बेपत्ता भएका थिए ।

पिपरा–२ स्थित अत्तरा जाने बाटो छेउमा खाल्डोमा गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

‘ठूलै खाल्डो खनेर शव पुरेको रहेछ’ उनले भने, ‘झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा शव फेला परेको हो ।’

होलीका लागि घर पोत्न माटो लिन एका स्थानीयबासीले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

६५ वर्षीय मोसाफिर र उनकी पत्नी ६० वर्षीया गीतादेवी घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका थिए ।

दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध चैत ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो ।

पक्राउ परेकामध्ये रामबाबु यादवको घरको विभिन्न स्थानमा फेला परेको रगतको छिटा मानव रगत नै भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ३ : ३८ बजे

कानुनी शासनको जगमा निकासा निकाल्नु उचित हुन्छ : मानव अधिकार आयोग

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन गर्दा लोकतान्त्रिक

जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु 

काठमाडौं– जेन-जीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई

‘अहिलेको समयलाई कोर्स करेक्सनको रूपमा सदुपयोग गर्नुपर्छ’

काठमाडौं– अर्थतन्त्रका जानकारहरूले ‘जेनजी पुस्ता’को प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा

जेन-जीको आन्दोलनमा निधन भएको शव महानगरले घरसम्म पुराइदिने

काठमाडौं– जेन-जीको आन्दोलनमा निधन भएको शवलाई काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याउन

रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू

ललितपुर- गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा