जेलबाटै रशेम चौधरीले भने : सरकारमा जाने–नजाने पार्टीको निर्णयमा बाधक बन्दिनँ « Khabarhub

जेलबाटै रशेम चौधरीले भने : सरकारमा जाने–नजाने पार्टीको निर्णयमा बाधक बन्दिनँ


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टीले लिने निर्णयमा आफू बाधक नबन्‍ने बताएका छन् ।

डिल्लीबजार कारगारमा रहेका चौधरीले बिहीबार एक विज्ञप्ती जारी गर्दै आफ्नोबारे भ्रामक र कपोकल्पित कुराहरूको प्रचार भएकोमा ध्यानाकर्षण भएको जनाउँदै जसपा सरकारमा जाने/नजाने पार्टीको निर्णय हुने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपा र एमालेबीच वार्ता चलिरहेका बेला आफू त्यसमा असहमत रहेको भन्ने किसिमले प्रचार भएकोमा त्यसमा सत्यता नरहेको उनले बताएका छन् ।

चौधरीले सरकारमा जाने या नजाने विषय पार्टीले टुंग्याउने र पार्टीको निर्णय अवज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।

‘सरकारमा सहभागी हुने/नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन,’ उनले भनेका छन्,‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा बाधक बन्ने कुराको म कल्पनासमेत गर्न सक्दिनँ ।’

सरकारमा जाने/नजाने विषयमा जसपाभित्र दुई खेमा छ । पूर्व राजपा पक्ष अहिलेको सरकारलाई समर्थन जनाएर जाने पक्षमा छ भने पूर्वसंघीय समाजवादी पार्टी पक्ष त्यसको विरोधमा छ । यसबारे चौधरीलाई जोडेर प्रचार भएपछि जसपाका नेता राजेन्द्र महतो बुधबार डिल्लीबजार कारागार पुगेका थिए ।

सत्ता सहकार्यका लागि जसपाले कारागारमा रहेका चौधरीको रिहाइ हुनुपर्ने विषयलाई प्रमुख सर्त बनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ४ : ५७ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी