नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर ४५०.३१ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर रु छ अर्ब ५० करोड आठ लाख छ हजार ४० मूल्यमा खरिद बिक्री भए ।

बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण रु ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ ।

व्यापार १७४.८८, होटल र पर्यटन १५४.०७ र सामूहिक लगानी कोष १.१९ बिन्दुले उकालो लाग्दा बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत् ४४.२९, वित्त २.८८, निर्जीवन बीमा ५४.१५, उत्पादन ४९.६३, अन्य ३७.२२, लघुवित्त ४७.५४, जीवन बीमा १६९.८ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ६०८ मा कारोवार भयो । कूल रु ९१ करोड आठ लाख ८० हजार ७१९ बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।

नेप्सेका अनुसार, आज सबैभन्दा बढी चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए । सो कम्पनीको शेयरमा आज पनि १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । यस्तै, सपोर्ट माइक्रोफाइनान्स ९.९७, बोमी माइक्रोफाइनान्स ९.९४, सिद्धार्थ इन्स्योरेन्स ७.८२, माउण्टेन हाइड्रो ७.१४, बोटलर्स नेपाल तराई ६.३२, महिला लघुवित्त ५.९१, रैराङ हाइड्रोपावर ५.८७, नेपाल पूर्वाधार बैंक ४.६५ र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले ४.४९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, नेपाल बंगलादेश बैंक ६.१४, एनआइबिएल प्रगति फण्ड ५.५०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३५, साञ्जेन जलविद्युत् कम्पनी ४.२२, रसुवागढी हाइड्रोपावर ४.०५, हिमाल दोलखा हाइड्रोपावर ३.५२, कालिका पावर कम्पनी ३.४९, रिडी हाइड्रोपावर ३.४७, सारथी नेपाल लघुवित्त ३.४० र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ५ : ५२ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

सर्वदलीय बैठक : चुनावमा भाग लिन दल तयार, शान्ति सुरक्षाकै चिन्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू