नबिल बैंकको ‘हिरोज् अफ नेपाल’बाट शेफ सन्तोष शाह सम्मानित « Khabarhub

नबिल बैंकको ‘हिरोज् अफ नेपाल’बाट शेफ सन्तोष शाह सम्मानित


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले ‘हिरोज् अफ नेपाल’को दोस्रो संस्करणबाट चर्चित शेफ सन्तोष शाहलाई सम्मान गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने क्रममा बैंकले ‘हिरोज् अफ नेपाल’बाट शेफ शाहलाई सम्मान गरेको हो ।

शेफ सन्तोष शाहले युकेको मास्टर शेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् ।

शेफ सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरेका थिए ।

सो कार्यक्रमबाट हामी प्रेणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएको बैंकको दावी छ । सो कार्यक्रममा बैंकको उच्च व्यवस्थापन तहका अधिकारीहरूको समेत उपस्थिती रहेको थियाे ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : १६ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र