नबिल बैंकको ‘हिरोज् अफ नेपाल’बाट शेफ सन्तोष शाह सम्मानित « Khabarhub

नबिल बैंकको ‘हिरोज् अफ नेपाल’बाट शेफ सन्तोष शाह सम्मानित


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले ‘हिरोज् अफ नेपाल’को दोस्रो संस्करणबाट चर्चित शेफ सन्तोष शाहलाई सम्मान गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने क्रममा बैंकले ‘हिरोज् अफ नेपाल’बाट शेफ शाहलाई सम्मान गरेको हो ।

शेफ सन्तोष शाहले युकेको मास्टर शेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् ।

शेफ सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरेका थिए ।

सो कार्यक्रमबाट हामी प्रेणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएको बैंकको दावी छ । सो कार्यक्रममा बैंकको उच्च व्यवस्थापन तहका अधिकारीहरूको समेत उपस्थिती रहेको थियाे ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै