लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित « Khabarhub

लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संशोधन गर्न बनेको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। विधेयकको दफा ११० लाई निलम्बन गरेर प्रदेशसभामा विधेयक पारित गरिएको हो ।

यसअघि मन्त्री शाहले बैठकमा टेबुल गरेको विधेयकमाथि छलफल गरिएको थियो ।

प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराउनेसम्बन्धी व्यवस्था विधेयकमा छुटेकाले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता परेको हो ।

आजको बैठकमा यस अघिका विभिन्न बैठकमा प्रदेशसभा सदस्यद्वारा उठाइएका विषयको जवाफ दिँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मन्त्रालयबाट कोरोना भाइरसको सङ्क्रमण रोकथाम, व्यवस्थापनलगायत आवश्यक काम भइरहेको स्पष्ट पारे ।

मन्त्री सुवेदीले पछिल्ला दिनमा भारतमा बढेको कोरोना भाइरस सङ्क्रमणले सुदूरपश्चिम प्रदेशमा पनि जोखिम देखिएको भन्दै रोगको रोकथामका लागि प्रदेशका सीमा नाकामा उच्च सतर्कता अपनाइएको बताए ।

उनले प्रदेशका चारवटै सीमा नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य भइरहेको, सेती प्रादेशिक अस्पताल धनगढीमा थप ५० श्ययाको कोरोना विशेष अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको र हालसम्म प्रदेशमा एक लाख ९१ हजार ९८५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको सदनलाई जानकारी गराए । रासस

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ११ : ४५ बजे

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर