१०२ मा कल गर्दा ‘ठट्टा नगर्नुस्’ भनेपछि, बुबा रहेनन् « Khabarhub

१०२ मा कल गर्दा ‘ठट्टा नगर्नुस्’ भनेपछि, बुबा रहेनन्


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एम्बुलेन्स । सबैले बुझ्ने बिरामीलाई सहज रुपमा अस्पतालसम्म पुर्‍याउने आकस्मिक सवारीको साधन हो । यो साधनले धेरैको ज्यान जोगाउँछ । किनकी आकस्किम सवारीको साधन भएकाले बाटोमा हुने अवरोध पनि एम्बुलेन्सले पार गरिदिन्छ । तर, एम्बुलेन्स भन्ने शब्द बिकेश बज्रचार्यका लागि सबैभन्दा धेरै पीडा दिने विषय बन्यो ।

हुन पनि आकस्मिक सेवा प्रदान गर्ने एम्बुलेन्सका लागि बिकेशले १०२ मा फोन गरे । बुबा बिरामी भएपछि एकदमै हतास मनस्थितिमा रहेका उनले १०२ मा डायल गरी ‘एम्बुलेन्स’ भने । तर, १०२ को कल सेन्टरमा रहेका कर्मचारीले ‘ठट्टा नगर्नुस भन्दै फोन काटे ।’ यो सम्वाद २४ सेकेन्डसम्म भएको बिकेशले बताए ।

पहिलो पटक पनि आफ्ना बुबा ४७ वर्षीय बिजु बज्र्रचार्यलाई हृदयघात भएको थियो । दोस्रो पटक फेरि सोही घटनाक्रम दोहोरिएपछि बबरमहलबाट छोरा बिकेश नेपाल एम्बुलेन्स सर्भिसले सञ्चालन गरेको कल सेन्टर १०२ मा कल गरेका थिए । आफूमाथिको बज्रलाई कलसेन्टर ठट्टा भनेपछि बाहिर ट्याक्सी खोजेर बुबालाई सिभिल हस्पिटल पुर्‍याएको उनले सुनाए । तर, अस्पतालले एक घण्टापछि बिजुलाई मृत घोषणा गर्‍यो ।

यो घटनाले अहिले बिकेशलाई धेरै पीडा दिइरहेको छ । भनेको समयमा एम्बुलेन्सको सेवा आएको भए आफ्नो बुबालाई बचाउन सक्ने उनको विश्वास छ । एम्बुलेन्समा छिटो हुने र अक्सिजनको पनि व्यवस्था हुने भएकाले बुबालाई सहज हुने उनले खबरहबसँगको कुराकानीमा बताए ।

पहिले हृदयघातको लक्ष्यण देखापर्दा सहजरुपमा अस्पताल पुर्‍याउन सकेपछि यो पटक आकस्मिक भएकाले बुबा गुमाएको पीडा भावविह्वल अवस्थामा बिकेशले सुनाए ।

गैरसरकारी संस्था (एनजिओ) नेपाल एम्बुलेन्स सर्भिसले भने यस्तो लापरबाही नभएको दाबी गरेको छ । १०२ को कल सेन्टरमा खबरहबले फोन गर्दा त्यस्तो नभएको कल सेन्टरमै रहेका एक कर्मचारीले बताए । उनले आफ्नो नाम खुलाउन नमिल्ने भन्दै भने, ‘हामीकहाँ फेक कल चाँही धेरै आउँछ । हामी त्यसबाट बचेर काम गर्ने गरेका छौं । यो विषयले हामीलाई पनि धेरै दुःख दिएको छ ।’

उनले सोमबार दिनभर यसैको पुष्टि गर्न आफूहरुले खोजेको भन्दै कुनै प्रमाण फेला नपारेको बताए । ‘हामीले दिनभर यो घटनालाई पुष्टि गर्ने आधार खोज्यौ । डिउटीमा रहेका साथीहरुसँग पनि छलफल भयो । सीसीटीभी फुटेजमा पनि हेरेको तर, कुनै प्रुफ नै भेटिएको छैन,’ उनले भने, ‘हामीबाट यस्तो गल्ती हुँदैन । किनकी एम्बुलेन्सको प्रयोग एकजनाको ज्यान बचाउनका लागि हुन्छ । हामीले कुनै यस्तो गल्ती गदैनौं । कसरी यस्तो भयो भन्ने बारेमा सबैले खोजी गरिरहेका छौं।’

कार्यकारी प्रमुख भन्छन् यस्तो भएको छैन

नेपाल एम्बुलेन्स सेवाले सञ्चालन गरेको यो सेवामा बज्रचार्य परिवारमा घटेको घटना आफूहरुले नपाएको बताएका छन् । खबरहबसँगको कुराकानीमा एम्बुलेन्स सेवाका कार्यकारी अधिकृत अमित जोशीले पीडितसँग कुराकानी गरेको र आफूले गरेको अध्ययन र खोजीका क्रममा कल सेन्टरमा भएका कसैले पनि ठट्टा गर्ने कुरा नगरेको पाइएको बताए ।

‘मैले फुटेज हेरेँ । उहाँले भनेको समय अनुसार पौने ११ बजेदेखि सवा १२ बजेसम्मको फुटेज हेरेँ । त्यहाँ कहि पनि देखिएन । हामी गुणस्तरीय सेवा दिन्छौं भनिरहेका छौं । त्यो विषयमा हामी पनि जिम्मेवार भएर प्रस्तुत भएका छौं,’ जोशीले भने, ‘फोन व्यस्त छ भनेर चार पटक फोन राखिएको चाँही मैले देखेँ । ठट्टा नगर्नुहोस् भनेर कसैले पनि भनेको छैन । हामीले सीसीटीभीमा फुटेजसँगै भ्वाइस पनि राखेका छौं ।’

कार्यालयमा भएका दैनिक कामको आफूले नियमित अध्ययन गरिरहेको पनि जोशीले बताए । उनले भने, ‘म दैनिक केश स्टडिज गर्छु । त्यस्तो भयो भने हामीले आफैं पनि बिरामीलाई फोन गरेर सोधेका छौं । हामीले बिरामीलाई फलोअप पनि गछौं । कसरी १०२ थाहा पाउनुभयो, यो सेवालाई प्रभावकारी बनाउन के गर्नुपर्छ भनेर सोध्छौं । त्यसका लागि हामीले ११ प्रश्न नै तय गरेका छौं ।’

आफूहरुबाट पनि गल्ती हुन सक्ने भन्दै उनले यो विषयमा भने गल्ती नभेटिएको जोशीले बताए । उनले भने, ‘उहाँहरुको यो काम सकिएपछि म फेरि बसेर कुराकानी गर्नेछु।’

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ११ : ०३ बजे

विजय र अञ्जनाको कीर्तिमानी जोडीले थाल्यो अर्को फिल्मको सुटिङ

काठमाडौं – ऐतिहासिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को जोडी नायक विजय

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी – निर्वाचन र राजनीतिक संक्रमणसम्बन्धी प्रमुख विवाद समाधान हुन

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज– बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

महेन्द्रनगर– जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा