जुम्लामा मार्सी धानको खेती शुरू « Khabarhub

जुम्लामा मार्सी धानको खेती शुरू


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा – जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरू भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ ।
जुम्लाका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई जुम्लामा धान उत्पादनको शुरुआतीका रुपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए ।

उनले भने, “यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ ।” विश्वकै उच्च स्थानमा उत्पादन हुने कालिमार्सी जिल्लाको पातारासी गाउँपालिकास्थित छुम चौरज्युलोमा सबैभन्दा बढी खेती हुने गरेको स्थानीयवासी पाण्डेको भनाइ छ ।

हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ । चैत १२ गतेलाई जुम्लामा परम्परागत चलनअनुसार ‘बारुवा’ पनि भनिने गरेको चन्दननाथ नगरपालिका–१० का स्थानीयवासी विष्णु भण्डारीले बताए ।

तिला गाउँपालिका–१ स्थानीयवासी माने रावतका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ । मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातको खीर निकै स्वादिलो हुन्छ । घरका सबै दिदिबहिनी एक आपसमा चिउरा कुट्ने चलन छ । यो चलन विस्तारै लोप हुँदै गरेको स्थानीयवासी रावतले बताए ।

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ३१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी