ग्यास सिलिन्डर पड्किएर घाइते भएका एकको मृत्यु « Khabarhub

ग्यास सिलिन्डर पड्किएर घाइते भएका एकको मृत्यु


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

घाइतेमध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दोलखा सैलुङका घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोटमा बस्ने ३९ वर्षीय टीकाराम सोही होटेलका मालिक हुन् ।

ग्यास सिलिन्डर पड्कँदा घाइते भएकामध्ये गम्भीर घाइते राजेन्द्र कार्की र गीता कार्कीको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको र अन्य घाइते आदित्य सुवेदी, विकास पौडेल, हिमुन्स थापाको अवस्था सामान्य रहेको तथा उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : १० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द