सार्वजनिक यातायातमा मास्क अनिवार्य, क्षमता भन्दा बढी यात्रु राख्न नपाइने  « Khabarhub

सार्वजनिक यातायातमा मास्क अनिवार्य, क्षमता भन्दा बढी यात्रु राख्न नपाइने 


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ ।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच आज भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार आजको छलफलमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ ।

सार्वजनिक यातायातमा भौतिक दूरीलाई व्यवस्थित गर्ने, बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था मिलाउने, अनुगमनलाई प्रभावकारी बनाउनेलगायतका निर्णय भएको बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सोको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ५९ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।