त्रिपालमुनि रात बिताउँदै बाँकेका आगलागी पीडित | Khabarhub Khabarhub

त्रिपालमुनि रात बिताउँदै बाँकेका आगलागी पीडित


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नरैनापुरका आगलागी पीडित त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् ।

आगलागीले घर गोठ जलेपछि त्रिपालमुनी बास बस्नुपरेको नरैनापुर गाउँपालिका–६ दोन्द्राकी आगलागी पीडित रमादेवी कोरीले बताए । त्रिपालमुनी बास बस्दा बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गरेको उनको भनाइ छ ।

गत फागुन २४ गते वडा नं १ सुईया गाउँमा २४ घर नष्ट हुनेगरी आगलागी भएको थियो । त्यसयता वडा नं. ५ मोतिपुर, वडा नं ६ दोन्द्रा, वडा नं २ लक्ष्मणपुर र सोही वडाकै देउचहवा गाउँमा आगलागी भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा आगलागीका घटना यस वर्ष ठूलो प्रकोपका रुपमा भइरहेका छन् । आगलागी पीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घ संस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ ।

नरैनापुरका अधिकांश वस्तीमा एकआपसमा जोडिएर खरको छानाबाट बनेका घरमा आगलागीको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ । गर्मीयामको शुरुवातसँगै नरैनापुर क्षेत्रमा आगलागीका घटना बढेका छन् । एक महिनाको अवधिमै ३९ घरमा आगलागी भई खाद्यान्न नष्ट भएको छ । आगलागी पीडित अहिले त्रिपालमुनि रात बिताउन बाध्य छन् ।

आगलागीको प्रकोप न्यूनिकरण गर्न गाउँपालिकाले अब खरका छाना हटाउने अभियान सञ्चालन गर्ने भएको छ । अहिले तत्काल आगलागी पीडित ३१ परिवारलाई प्रदेश सरकारसँगको साझेदारीमा कर्कटपाता वितरण प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।

राहत वितरण

नरैनापुरका आगलागी पीडितलाई राष्ट्रिय युवा सङ्घ नेपाल बाँकेले आज राहत वितरण गरेको छ । वडा नं ६ गङ्गापुरको दोन्द्रा र वडा नं २ लक्ष्मणपुरका आगलागी पीडितलाई खाद्य सामग्री प्रदान गरिएको राष्ट्रिय युवा सङ्घका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए ।

नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सचिव रबिन्द्र लम्साल, केन्द्रीय सचिवालय सदस्य खेम शर्मालगायत नेताले राहत सामग्री वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ०१ बजे

रास्वपालाई नवराज सुवेदीको प्रस्ताव- राजसंस्था र हिन्दुराज्य फर्काउन सहकार्य गरौँ

काठमाडौं- संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रवि लामिछाने नेतृत्वको

कांग्रेसमा क्रियाशील सदस्यता झमेला, अब असार मसान्तसम्म नवीकरण सक्नुपर्ने

काठमाडौं– नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले आगामी असार

बेलायती उपमन्त्रीले गरिन् नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बेलायतको सार्वजनिक स्वास्थ्य

राप्रपा कार्यकर्ता सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच