गैरआवासीय नेपाली सोसल क्लब ओमानको नयाँ कार्यसमिति चयन « Khabarhub

गैरआवासीय नेपाली सोसल क्लब ओमानको नयाँ कार्यसमिति चयन


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमानको नयाँ कार्यसमिति चयन भएको छ ।

बिकल झाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भर्चुल माध्यमबाट सम्पन्न साधरण सभाले झाको नेतृत्वमा सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको सोसल क्लब ओमानले जनाएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश चौधरी र सुरेश खड्का चयन भएका छन् । त्यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सहकोषाध्यक्षमा फुर्वा सांगे रुम्बा चयन भएका छन् ।

सभाले सुरज चित्रकारलाई युवा संयोजक र क्याप्टेन पुजा बस्नेतलाई महिला संयोजकको जिम्मेवारी दिएको छ भने  प्रवक्तमा महेन्द्र तिवारी चयन भएका छन्।

यसैगरी, सदस्यहरूमा लक्ष्मी प्रसाद कोइराला, साङ्गी जोगेबु, टिका दाहाल, बिन बहादुर बस्नेत, पारश्वर योगी, बिजेन्द्र सवार, रमेश सुन्दास, बिनोद कुमार दास, कन्चन पोख्रेल, शेरबहादुर बस्नेत र सुस्मा लिम्बू चयन भएको क्लबले जनाएको छ ।

कानूनी रुपमा सोसल क्लबका नाममा दर्ता भएपनि यो नै गैर आबासीय नेपाली संघ (एनआरएनए) हो।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ५५ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने