अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च ! « Khabarhub

अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च !


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोडभन्दा बढी रकम लाग्ने भएको छ ।

उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकारले चीनबाट खोप ल्याउन विशेष विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन निगमको जहाज सोमबार चीन उड्ने छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम राज्यले भाडा व्यहोरेर अनुदानमा चीनले दिएको खोप ल्याउने बताउँछन् ।

स्मरण रहोस, नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले हालसम्म पनि प्रयोगको लागि अनुमति दिएको छैन भने क्लिनिकल ट्रायलको कागजात बिनै उक्त चिनियाँ खोप नेपाल ल्याउन लागिएको छ ।

विश्व स्वास्थ्य संगठनले आपतकालीन मात्र मान्यता दिइरहेको बेला त्यो खोपको प्रयोग गर्नु कतिको उपयुक्त होला ? यस विषयमा प्रवक्ता गौतम भन्छन्, ‘पहिले एस्ट्राजेनेकाको कोभिसिल्ड पनि शुरूमा आपतकालीनका लागि मात्र थियो पछि स्वीकृत दिएको हो र अहिले ल्याउन लागिएको खोप पनि आपतकीलन प्रयोगकै लागि हो, अहिले यो खोप १२ देखि १५ वटा देशमा प्रयोग भइरहेको पनि छ ।’

यद्यपी चिनियाँ दूतावासको दबाबमा सो खोप नेपाल ल्याउन लागिएको हे । सरकारले क्लिनिकल ट्रायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएन ।

यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा नेपाल ल्याई दिएको थियो ।

चार्टर विमानबारे नेपाल वायु सेवा निगमले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १० : ४१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी