माथिबाट ढुंगा खस्ने डर, सावधानीपूर्वक यात्रा गर्न आग्रह « Khabarhub

माथिबाट ढुंगा खस्ने डर, सावधानीपूर्वक यात्रा गर्न आग्रह


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– ब्रावलभीर पाखामा लागेको डढेलोले ढुङ्गा झर्ने सम्भावना बढेको छ । स्याफ्रुबेँसी–हाकु अन्तरराष्ट्रिय राजमार्गमा माथिबाट ढुंगा खस्ने सम्भावना बढेकाले त्यस क्षेत्रमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ ।

बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको र ढुङ्गा झर्न सक्ने सम्भावनालाई ध्यानमा राखी त्रिशूली किनारमा रहेको राजमार्गमा सकभर पैदलयात्रा नगर्न भनिएको छ ।

यदि यात्रा गर्नैपर्ने अवस्था आए हो पुर्‍याई हिँडडुल गर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

डढेलो प्रभावित क्षेत्र ठाडो पाखाबाट हावाहुरी वा वर्षात्का समयमा झर्न सक्ने ससाना ढुङ्गा खसी नोक्सान पुग्न सक्ने सम्भावना बढेकाले सडक मार्गमा हिँड्दा होशियार हुन जरूरी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विश्लेषण गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ स्थित धुञ्चे गाउँको तटीय क्षेत्रमा अचानक लागेको डढेलो करीब ९० प्रतिशत नियन्त्रणमा आएको छ ।

लडेका रूख बलिरहेको र अन्य स्थानको आगो प्रायः नियन्त्रणमा आइसकेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीय बासिन्दा अहोरात्र खटेको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ०२ बजे

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित