वायु प्रदूषणको प्रभाव विमानस्थलमा, उडान अवतरण प्रभावित « Khabarhub

वायु प्रदूषणको प्रभाव विमानस्थलमा, उडान अवतरण प्रभावित


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा बढेको वायु प्रदूषणले भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलबाट हुने दुई दर्जन भन्दा धेरै आन्तरिक उडान स्थगित भएका छन् ।

भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने सबैजसो उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सिमरा, भैरहवा, भद्रपुर, विराटनगर, पोखरा, नेपालगञ्ज, दाङ, धनगढी, तुम्लिङटार लगायतका गन्तव्यमा जाने दुई दर्जन भन्दा धेरै उडान स्थगित भएका छन् ।

कयौँ उडानमा ढिलाइ भएको छ । धनगढीको लागि श्री एअरलाइन्सले एउटा र राजविराजको लागि बुद्ध एअरले एउटा उडान भरेको छ । आन्तरिक उडान स्थगित र ढिलाइ हुँदा विमानस्थलको आन्तरिक टर्मिनल भद्रगोल भएको छ ।

उडान हुने आशामा सयौँ यात्रु आन्तरिक टर्मिलनमा कुरेर बसेका छन् । मौसममा सुधार भएमा बेलुकीपखका उडानको भने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ०२ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका