कामपाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहोर छुट्याएर सङ्कलन गर्ने « Khabarhub

कामपाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहोर छुट्याएर सङ्कलन गर्ने


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ । फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो ।

आज कामपा–४ ले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीको काठमाडौँमा पानीको समस्या समाधान गर्ने उल्लेख गर्दै घरघरमा फोहोर छुट्याउन थाले फोहोर समस्या पनि समाधान हुने बताए । त्यस क्रममा वडाध्यक्ष मोहन विष्टले वडा ४ क्षेत्रमा सडक सफा रहेको बताउँदै घरबाटै फोहर वर्गीकरण भए आफ्नो वडा महानगरकै नमूना बन्ने दावी गरे ।

वाग्मती सफाइ अभियानमा अहिलेसम्म २० हजार मेट्रिकटन फोहोर झिकेर व्यवस्थापन गरिएको प्रसङ्ग उल्लेख गर्दै अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेलले भने, “घरबाट फोहर छुट्याउने विधि शुरुदेखि नै पालना गरिएको भए कम लगानीमा नदी सफाइ र शहरको फोहोर व्यवस्थापन काम हुने थियो ।”

वैशाखको १ गतेदेखि निश्चित टोल सुधार क्षेत्रबाट अभियान थाल्ने बताउँदै नेप्सेम्याक सेवा प्रालिका प्रवन्धक मीत्र घिमिरेले अभियान थालिएका ठाउँमा फोहोर वर्गीकरण नभए सङ्कलन नगरिने योजना रहेको उल्लेख गरे ।

टोल सुधार समिति, उपभोक्ता समिति र युवा क्लवको सहयोगमा प्राङ्गारिक मल बनाउन सक्ने र नसक्ने फोहोर छुट्याउने अभियान थालिने भएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : ०१ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।