ट्रकको ठक्करबाट किशोरीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त | Khabarhub Khabarhub

ट्रकको ठक्करबाट किशोरीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।

ना ५ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकका चालक फरार भएपछि स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

स्थानीयको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले नियन्त्रणको प्रयास थालेको छ ।

प्रदर्शन नियन्त्रणमा लिन इलाका प्रहरी टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहको नेतृत्वमा प्रहरी परिचालन भएको छ ।

स्थानीयको प्रदर्शन नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय टीकापुर र लम्कीसहित सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

आक्रोशित स्थानीयले प्रहरीमाथि समेत ढुङ्गा–मुडा प्रहार गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन करिब ११ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : ५५ बजे

बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ७ भिमगिठे र वडा नम्बर ९

महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित 

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित

६ महिनापछि घर फर्किए टिङ्करवासी

दार्चुला– दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय ६ महिनापछि गाउँ

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र

हुलाकी सडकले सुगम बन्यो बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारि अवस्थित नरैनापुर गाउँपालिका