देउखुरीमा जग्गा रोक्का फुकुवा तर किनबेच नहुने « Khabarhub

देउखुरीमा जग्गा रोक्का फुकुवा तर किनबेच नहुने


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले देउखुरीमा जग्गा रोक्का फुकुवा गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएपछि हुनसक्ने जग्गा किनबेचको कारोबार र भाउ वृद्धि रोक्न प्रदेश सरकारले रोक्का गरेको थियो । रोक्का फुकुवा भने पनि बेचबिखन गर्न भने पाइने छैन ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता, भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीका अनुसार प्रचलित कानूनबमोजिम पैतृक सम्पत्ति अशंवण्डा भएकोमा अदालतको पत्रअनुसार अंशियारको नाममा सम्पत्ति कायम गर्ने गरी कित्ताकाट तथा लिखित पारित गर्न सकिने गरी फुकुवा भएको हो ।

मन्त्रिपरिषद बैठकले आगामी वर्ष प्रदेशमा ६ दिन सार्वजनिक बिदा थप्ने निर्णय गरेको छ । पर्वहरूको महत्त्वलाई ध्यान दिँदै ६ दिन बिदा दिने निर्णय गरेको मन्त्री चौधरीले बताए । उनका अनुसार बकर इद, कृष्णजन्माष्टमी, भूमी पूजा (रोल्पा–रुकुम), बर्का आइतबारी (तराईका ६ जिल्ला), रमजाम, भगवती जात्रा (पाल्पा) मा बिदा दिने निर्णय भएको छ ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ गते आह्वान गर्न प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष प्रस्ताव पठाउने निर्णय गरेको छ । बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन, ०७४ संशोधन र एकीकरण सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरिएको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : ३६ बजे

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा