बेलौरी छोटी भन्सार स्तरोन्नतिको माग « Khabarhub

बेलौरी छोटी भन्सार स्तरोन्नतिको माग


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ ।

छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन हुँदै आएको छ । भन्सार कार्यालयको स्तरोन्नतिसँगै कर्मचारीको व्यवस्था गरिए लाखौँको राजस्व सङ्कलन हुने देखिन्छ । छोटी भन्सार कार्यालय पुनःस्थापनासँगै स्तरोन्नति गर्ने उद्देश्यले विसं २०७५ मङ्सिरमा काठमाडौँमा भएको नेपाल–भारत दुवै देशका भन्सार विभागको उच्चस्तरीय प्रतिनिधिमण्डलको दुई दिवसीय भेलाले बेलौरी छोटी भन्सार कार्यालयसहित देशका पाँच वटा सीमा बिन्दुमा रहेका सीमा नाकामा भन्सार कार्यालय स्थापना गर्ने र स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको बेलौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकबहादुर साउँदले बताए ।

“उक्त निर्णय हालसम्म लागू हुन सकेको छैन”, उनले भने, “पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यसमेत गरेका छौँ ।” उनका अनुसार दुई दिनअघि मात्रै सङ्घको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उनकै निवासमा भेटेर भन्सार कार्यालय स्तरोन्नतिका लागि माग पत्रसमेत बुझाइएको छ ।

“मन्त्री भट्टले सरकारको नीति तथा कार्याक्रममा भन्सार कार्यालय स्तरोन्नतिका लागि समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ”, उनले भने, “सकारात्मक जवाफ पाएका छौँ । यस विषयमा अर्थ मन्त्रालयसँगसमेत छलफल गर्ने अश्वासन दिनुभएको छ ।”

विसं १९१७ देखि २०१९ सम्म कैलाली कञ्चनपुरको मुख्यरुपमा काम गर्दै आएको भन्सार कार्यालय राजनीतिक कारणले बेलौरीबाट जिल्ला सदरमुकाम विस्थापित भएपछि अरु अड्डासँगै बैंकसमेत सरेपछि ओझेलमा पर्दै आएको छ ।

यस क्षेत्रका बासिन्दाले लामो समयदेखि विभिन्न सङ्घसंस्थाबाट भन्सार नाका स्थापित गर्न आवाज र पहल गरिरहेका छन् । भारततर्फबाट पनि भारतीय जनता पार्टीका लखिमपुर जिल्ला सांसद अजय मिश्राले यसबारे पटकपटक भारतीय संसद् भवनमा विषय उठाउँदै आएका छन् ।

तीस किलोमिटर लामो बेलौरी कलुवापुर राजमार्ग भन्सार पसिर हुँदै नेपाल–भारत सीमामा भारततर्फको खजुरीया पुरनपुर सबहावेसँग जोडिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : १५ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला