प्रदेश १ को संसद बैठक चैत २३ गते « Khabarhub

प्रदेश १ को संसद बैठक चैत २३ गते


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ को प्रदेशसभाको बैठक २३ चैतमा बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै २३ चैत दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाएको हो ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेभित्र चर्किएको विवादका कारण प्रदेश १ को प्रदेशसभा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

प्रदेश १ को प्रदेशसभा बैठक ९ फागुनयता बस्न सकेको छैन । २० फागुन र २ चैतका लागि बोलाइएका प्रदेशसभा बैठक सत्तासीन दलभित्रको विवादका कारण स्थगित भएका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । तर, सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँतिएपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु हस्ताक्षर फिर्ता लिन सहमत भएकाले प्रस्ताव फेल हुने निश्चित भएको छ ।

सचिवालयद्वारा जारी सूचन यस्तो छ 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : १५ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण