कैलालीमा ट्याक्टर दुर्घटना हुँदा ६ भारतीय मजदूर घाइते « Khabarhub

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा ६ भारतीय मजदूर घाइते


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आज से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छ भारतीय मजदूर घाइते भएका छन् ।

सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

घाइते हुनेमा भारत उत्तर प्रदेश, नानपाराका राजकुमार, कमलेशकुमार, गिरी धारीलाल, संजयकुमार, निरज कुमार र चालक मोहम्मद साह रहेका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । स्थानीय क्षेत्रमा दक्ष कामदार नपाउँदा सडक कालोपत्रे गर्ने कामका लागि भारतका विभिन्न क्षेत्रवाट कामदार आउने गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ३० बजे

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने