२० वर्षपछि खुल्यो भन्सार एजेन्टको आवेदन, ६६० जना माग « Khabarhub

२० वर्षपछि खुल्यो भन्सार एजेन्टको आवेदन, ६६० जना माग


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विगत २० वर्षदेखि खुला हुन नसकेको भन्सार एजेन्टको लागि अन्ततः आवेदन खुला भएको छ ।

भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्ट माग गर्दै आवेदन खुलाएको छ । चैत १६ गते अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले अनलाइन दरखास्त प्रणालीबाट भन्सार एजेन्टको आवेदन खुला गरेको हो ।

भन्सार एजेन्ट बन्न २१ वर्ष पुगेको हुनुपर्नेछ । स्नातक वा सो सरहको उत्तिर्ण गरी कम्प्यूटरसम्बन्धि कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ । नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने रकम बाँकी नभएको, कुनै फाजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

परीक्षाको केन्द्र काठमाडौ उपत्यकामा मात्र रहनेछ । दरखास्त दस्तुर ३ हजार तोकिएको छ । राष्ट्रिय बाणिज्य बैंकमा भौचर जम्मा गरी सो भौचर स्क्यान गरेर दरखास्त प्रणालीमा अपलोड गर्नुपर्नेछ । नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्यूटर तालिम प्रमाणपत्र, फोटो लगायत स्क्यान गरेर अपलोड गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम मिति बैशाख ५ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।

विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । र अहिले ६ सय ६० जनाको माग गरिएको छ ।

एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । यस्तो एजेन्टले भन्सारसम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्‍याउँछ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : २८ बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका