२० वर्षपछि खुल्यो भन्सार एजेन्टको आवेदन, ६६० जना माग « Khabarhub

२० वर्षपछि खुल्यो भन्सार एजेन्टको आवेदन, ६६० जना माग


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विगत २० वर्षदेखि खुला हुन नसकेको भन्सार एजेन्टको लागि अन्ततः आवेदन खुला भएको छ ।

भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्ट माग गर्दै आवेदन खुलाएको छ । चैत १६ गते अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले अनलाइन दरखास्त प्रणालीबाट भन्सार एजेन्टको आवेदन खुला गरेको हो ।

भन्सार एजेन्ट बन्न २१ वर्ष पुगेको हुनुपर्नेछ । स्नातक वा सो सरहको उत्तिर्ण गरी कम्प्यूटरसम्बन्धि कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ । नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने रकम बाँकी नभएको, कुनै फाजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

परीक्षाको केन्द्र काठमाडौ उपत्यकामा मात्र रहनेछ । दरखास्त दस्तुर ३ हजार तोकिएको छ । राष्ट्रिय बाणिज्य बैंकमा भौचर जम्मा गरी सो भौचर स्क्यान गरेर दरखास्त प्रणालीमा अपलोड गर्नुपर्नेछ । नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्यूटर तालिम प्रमाणपत्र, फोटो लगायत स्क्यान गरेर अपलोड गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम मिति बैशाख ५ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।

विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । र अहिले ६ सय ६० जनाको माग गरिएको छ ।

एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । यस्तो एजेन्टले भन्सारसम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्‍याउँछ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : २८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र