दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल « Khabarhub

दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् ।

प्राधिकरणका निर्देशक रहेका पौडेललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत छन् ।

उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसकेका छन् ।

प्राधिकरणमा विगत पाँच वर्षदेखि प्रवक्ताको रुपमा निर्देशक मिनप्रसाद अर्याल रहेका थिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ०३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी