घाइते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक पक्राउ « Khabarhub

घाइते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक पक्राउ


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ – घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ–८ बंग्राती बस्ने २७ वर्षीय अमित परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

यही चैत ५ गते राति ८ बजेको समयमा गल्याङ–९ स्थित कालीगण्डकी नदीको साँखरघाटबाट बालुवा लिएर आउँदै गरेको ट्रयाक्टरमा रहेका तीन जनामध्ये एकजना खसेपछि सोही ट्रयाक्टरले किचेर घाइते भएका सहचालक रानालाई पुनः कालीगण्डकीमा लगेर बगाइदिएका थिए ।

उक्त घटनाका प्रमुख प्रतिवादी ट्रयाक्टर चालक परियार श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङले रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ परेका चालक परियारलाई आज स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

सोही घटना संलग्न ट्रयाक्टरका अर्का सहचालक गल्याङ–८ बंग्रातीका २१ वर्षीय सुनिल राना चैत ८ गते पक्राउ परेका थिए । घटनास्थलबाट प्रहरीले मृतकको एकजोर चप्पल तथा रगत लागेको ढुङ्गासहित अस्थायी नम्बर प्लेट लुअफ १०१२ ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ५९ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम