गण्डकीमा अहिले पनि नेकपाकै माननीय ! | Khabarhub Khabarhub

गण्डकीमा अहिले पनि नेकपाकै माननीय !



पोखरा- गण्डकी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्यहरु अझै पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै माननीयको हैसियतमा रहेका छन् ।

गण्डकी प्रदेशको प्रदेश सभा सचिवालयले प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित ४० जना प्रदेश सभा सदस्यहरुलाई नेकपाकै माननीयबाट अझै हटाएको छैन ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिएर पूर्ववत पार्टीकै हैसियतमा रहेको बताइदिएपछि पनि प्रदेशसभा सचिवालयले आफ्नो आधिकारिक वेवसाइटमा अझै पनि सच्चाएको छैन ।

यस्तै, गण्डकी प्रदेशमा २ जना तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए । नयाँ शक्ति पार्टी समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टी बनिसके पनि उनीहरुलाई पनि अहिलेसम्म नयाँ शक्ति पार्टीकै माननीयको हैसियतमा राखिएको छ ।

सचिवालयले पटक पटक वेवसाइट अपडेट गरे पनि यसबारेमा भने बेवास्ता गरेको छ । सचिवालयको यसअघिको वेवसाइटलाई परिमार्जनसमेत गरेको छ भने पुनः नयाँ वेबसाइट बनाइएको छ ।

गण्डकी प्रदेशसभाका ६०जना सदस्यमध्ये नेकपा एमालेबाट २७ जना निर्वाचित भएका हुन् । ती मध्ये बाग्लुङका एक जना सांसद मात्रै माधव नेपाल पक्षमा छन् । नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेशसभामा १२ जना निर्वाचित भएका हुन् ।

स्वतन्त्रबाट निर्वाचित भएका राजीव गुरुङ् पनि एमालेमै प्रवेश गरेका थिए । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अवैध भएपछि पनि प्रदेश सचिवालयले नेकपाकै माननीयको हैसियतमा राख्दै आएको छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ०१ बजे

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्