गण्डकीमा अहिले पनि नेकपाकै माननीय ! « Khabarhub

गण्डकीमा अहिले पनि नेकपाकै माननीय !



पोखरा- गण्डकी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्यहरु अझै पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै माननीयको हैसियतमा रहेका छन् ।

गण्डकी प्रदेशको प्रदेश सभा सचिवालयले प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित ४० जना प्रदेश सभा सदस्यहरुलाई नेकपाकै माननीयबाट अझै हटाएको छैन ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिएर पूर्ववत पार्टीकै हैसियतमा रहेको बताइदिएपछि पनि प्रदेशसभा सचिवालयले आफ्नो आधिकारिक वेवसाइटमा अझै पनि सच्चाएको छैन ।

यस्तै, गण्डकी प्रदेशमा २ जना तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए । नयाँ शक्ति पार्टी समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टी बनिसके पनि उनीहरुलाई पनि अहिलेसम्म नयाँ शक्ति पार्टीकै माननीयको हैसियतमा राखिएको छ ।

सचिवालयले पटक पटक वेवसाइट अपडेट गरे पनि यसबारेमा भने बेवास्ता गरेको छ । सचिवालयको यसअघिको वेवसाइटलाई परिमार्जनसमेत गरेको छ भने पुनः नयाँ वेबसाइट बनाइएको छ ।

गण्डकी प्रदेशसभाका ६०जना सदस्यमध्ये नेकपा एमालेबाट २७ जना निर्वाचित भएका हुन् । ती मध्ये बाग्लुङका एक जना सांसद मात्रै माधव नेपाल पक्षमा छन् । नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेशसभामा १२ जना निर्वाचित भएका हुन् ।

स्वतन्त्रबाट निर्वाचित भएका राजीव गुरुङ् पनि एमालेमै प्रवेश गरेका थिए । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अवैध भएपछि पनि प्रदेश सचिवालयले नेकपाकै माननीयको हैसियतमा राख्दै आएको छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ०१ बजे

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल