ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु « Khabarhub

ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिए । उनीहरुको झापामा उपचार भइरहेको छ ।

फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो । मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुछ्रे इन्जिनीयरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिए।

मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भएको जनाइएको छ । टिप्पर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : १५ बजे

उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नत

बागलुङ– बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु

ठगीको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको

सभामुख अर्यालबाट बकर इदको शुभकामना

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश