काठमाडौँ महानगरले सिसडोलबासीका लागि २० जना शिक्षक दिने | Khabarhub Khabarhub

काठमाडौँ महानगरले सिसडोलबासीका लागि २० जना शिक्षक दिने


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिसडोलबासीको माग सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाले तत्कालको लागि २० जना शिक्षक उपलब्ध गराउने भएको छ ।

उनीहरूले ५१ शिक्षकको माग राखे पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कमा तत्काल उक्त ठाँउमा २० जना शिक्षक आवश्यक रहेका देखिएकाले यो साताभित्र २० जना शिक्षक व्यवस्थापन गर्ने निर्णय भएको काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

उनले भने, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार बसेको बैठकमा सिसडोलबासीले मागलाई सम्बोधन गर्दै यो साता भित्र २० जना शिक्षक दिने निर्णय गरेको छ ।’

महानगरबाट खाली भएर आउने शिक्षक कोठामा सिसडोललाई प्राथमिकतामा राखेर शिक्षक पठाउने निर्णय भएको उनको भनाइ छ ।

भौतिक संरचना निर्माण गर्ने, सडक विस्तार गर्ने लगायत अन्यमध्ये जायज मागहरू महानगरले सम्बोधन गर्ने पनि उनले जानकरी दिए ।

तत्काल महानगरमा ५ जना शिक्षकको दरबन्दी बढी देखिएकाले ती शिक्षकहरूलाई सिसडोलमा पठाउन केन्द्रलाई जानकारी गराई सकेको उनले बताए ।

केन्द्रले विद्यार्थी र शिक्षकको अनुपात मिलाएर शिक्षक दिने बताएको छ । उक्त ठाँउमा अहिले विद्यार्थीको संख्या हेर्दा हाल २० जना शिक्षक आवश्यक देखिएको केन्द्रले जनाएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलबासीका अन्य मागका विषयलाई आजै टुङ्ग्याउने बताए । उनले भने, ‘उनीहरूको मागको विषयमा अहिले महानगरमा छलफल भइरहेको छ, यसलाई जतिसक्दो चाँडो टुङ्ग्याउने प्रयासमा महानगर लागि रहेको छ ।’

फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्न र माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्न माग राखेर फोहोर बिसर्जनमा अवरोध गर्दै आएको छ । सिसडोलबासीले गत चैत १३ गतेदेखि ५१ जना शिक्षकको माग गर्दै फोहोर व्यवस्थापन कार्यमा रोक लगाएका हुन् ।

विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गरिदैँ आएको छ ।

शुरूमा दुई वर्षका लागि भनिए पनि १३ वर्षसम्म निरन्तर फोहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दै स्थानीयबासीले अन्यत्र विकल्प खोज्न माग गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी काठमाडौँ महानगरबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ ।

महानगरले दीर्घकालीन ल्याण्डफिल निर्माणका लागि सिसडोलभन्दा करिब दुई किलोमिटर पर बन्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरे पनि निर्माणको काम सम्पन्न भएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : ३० बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको