रोल्पाको दरबोट बजारमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा « Khabarhub

रोल्पाको दरबोट बजारमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरुको संख्या २५७ पुगेको छ। यस शाखा रहित बैंकिङ सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका थिए।

शाखा रहित बैंकिङ सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमइ, युटिएल, एनटिसि को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखा रहित बैंकिङ सेवा शुरु गर्ने गरेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : २० बजे

कतारमा घरबाहिर निस्किन नपाइने, दुबईको होटलमा मिसाइल खस्दा चारजना घाइते

दोहा- कतारको गृह मन्त्रालयले इरानी आक्रमणबीच देशका बासिन्दालाई ‘घरभित्रै बस्न’

पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा

दुबईको पाम होटलमा खस्यो इरानी मिसाइल, भीषण आगलागी

यूएई- दुबईको पाम क्षेत्रस्थित एक चर्चित होटलमा इरानी मिसाइल हमलापछि

प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन

अमेरिकी-इजरायली आक्रमणविरूद्ध इरानी नागरिकको प्रदर्शन

तेहरान- आफ्नो देशमा आक्रमण गरिएपछि त्यहाँका नागरिकले इरानको राजधानी तेहरानसहितका