अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव « Khabarhub

अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।

सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागू गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो ।

गत चैत्र १० गते सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाले पारित गरेको प्रस्ताव आज सार्वजनिक गरिएको हो ।

प्रस्तावमा कोरोनाको मारमा विश्वविद्यालयले गरेको शुल्क बृद्धि फिर्ता लिन माग गरिएको छ ।

त्यस्तै देशका विभिन्न शैक्षिक संस्थाहरुमा शुल्क बद्धि र लकडाउन समयावधिको शुल्क छुट दिन गरिएका आन्दोलनहरुप्रति ऐकवद्धता जाहेर गर्दै सम्बन्धित निकायलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यावसायिक ऋणको प्रभावकारीतामा पनि भेलाले जोड दिएको छ भने विद्यार्थीले यातायातमा पाउदै आएको ४५ प्रतिशत छुटको सबै ठाँउमा कार्यान्वयन नभएकाले कडाइका साथ कार्यान्वयनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय भएको अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुलीले बताए ।

उनले अनेरास्ववियु एकतावद्ध बनाउन बाहिर रहेकाहरुलाई पनि संगठनमा आउन अपिल गरे । उनले एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलमागि गरिएको कारबाहीको विरोध गर्दै उक्त निर्णय मान्य नहुने तर्क गरे ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : ५९ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ