कर्णाली स्पोट्स क्लबलाई लेबल्सको सहयोग « Khabarhub

कर्णाली स्पोट्स क्लबलाई लेबल्सको सहयोग


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिमानी धावक हरि बहादुर रोकायाद्वारा सञ्चालित कर्णाली स्पोर्टस् क्लबलाई लेबल्स फेशन प्रालिले आर्थिक सहयोग गरेको छ । मंगलबार राजधानीमा कार्यक्रम आयोजना गरी लेबल्स प्रालिका निर्देशक राजिव श्रेष्ठले क्लबलाई २ लाख ५० हजार रुपैयाँ नगद सहयोग प्रदान गरेका हुन् ।

उनले १ लाख रुपैयाँ क्लबलाई र १ लाख ५० हजार रुपैयाँ क्लबले हरेक वर्ष आयोजना गर्ने एथ्लेटिक्स प्रतियोगिताका लागि सहयोग गरेको लेबल्सका निर्देशक श्रेष्ठले जानकारी दिए । नेपालको विकट ठाउँमा हुने यस्ता प्रतियोगितालाई बढावा दिन सहयोग गरेको श्रेष्ठले बताए ।

२०६४ सालबाट कर्णालीको जुम्लामा स्थापना गरिएको कर्णाली स्पोट्स क्लबले अहिलेसम्म नेपाली एथ्लेटिक्समा उदाहरणीय खेलाडी उत्पादन गरेको छ । त्यसमध्ये पनि महिला एथ्लेटिक्स खेलाडीका लागि कर्णाली स्पोट्स क्लब उर्वर मानिन्छ ।

अहिलेसम्म कर्णालीका उत्पादन नेपालका चर्चीत धावक विश्वरुपा बुढा देखि सुनमाया बुढा, विष्णुमाया बुढा, रेजिना भण्डारी र पूर्णलक्ष्मी भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापीत गरिसकेका छन् ।

आर्थिक सँगै लेबल्सले मे १ देखि ३१ मे सम्म सञ्चालन गर्न लागेको जुत्ता एक्सचेन्जबाट उठेका जुत्ता कर्णाली स्पोट्स क्लबलाई दिने घोषणा गरेको छ ।

सहयोगका लागि कर्णाली स्पोर्टस् क्लबका संस्थापक धावक रोकायाले धन्यवाद दिँदै आगामी दिनमा सहयोग अझै बढ्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : ३१ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली