सरकारले बन्दको निर्णय गरे पनि गण्डकी प्रदेशका शैक्षिक संस्था खुले | Khabarhub Khabarhub

सरकारले बन्दको निर्णय गरे पनि गण्डकी प्रदेशका शैक्षिक संस्था खुले


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका पहाडी जिल्लाका अधिकांश विद्यालयको पठनपाठनमा वायु प्रदूषणले प्रभाव पारेन ।

सरकारले देशैभर वायु प्रदूषण बढेको भन्दै मंगलबारदेखि चार दिन विद्यालय बन्द गर्न निर्देशन दिए पनि गण्डकीका नवलपुर र कास्कीबाहेकका जिल्लामा विद्यालय सञ्चालन गरिएका छन् ।

सरकारले चार दिन विद्यालय बन्द गर्न निर्देशन दिएलगत्तै सोमबार नै तनहुँको भिमाद नगरपालिकाले वायु प्रदुषणको प्रभाव नरहेको भन्दै विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मंगलबार बागलुङ सदरमुकाम रहेको बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गरी विद्यालय नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । वायु प्रदुषणको खासै असर नपरेको भन्दै विद्यालय नियमित सञ्चालन गर्न दुई पालिकाले निर्देशन दिएका हुन् ।

वायु प्रदूषणको असर नदेखिएको तथा लामो समयदेखि कोरोनाका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको र विस्तारै शिक्षण सिकाई क्रियाकलापहरू शुरू भएको हुँदा स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठनलाई निरन्तरता दिनुपर्ने निर्णय गरिएको बागलुङ्का नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले जानकारी दिए ।

यस्तै, बागलुङकै बरेङ गाउँपालिकाको पाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको मङलबार बसेको बैठकले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकामा समस्या पर्ने भन्दै आजदेखि चार दिनको लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : २२ बजे

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र

काठमाडौं– नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पले लगाए ‘नरसंहार’ को आरोप

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल

कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी समझदारी

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति

एमालेका गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादीमा प्रवेश

बागलुङ- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’