घर भाडामा लिएर यौनधन्दा ? « Khabarhub

घर भाडामा लिएर यौनधन्दा ?


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा घरनै भाडामा लिएर यौनधन्दा चलाउने गरेको पाईएको छ ।

दमक–६ को नयाँ तरकारी बजार नजिकैको एक घरमा यस्तो कारोवार हुने गरेको पाईएको हो ।

प्रहरीले त्यस्तो कारोवार गराउने दुई जना महिलालाई नियन्त्रणमा लिएसँगै यस्तो धन्दा हुने गरेको बाहिरिको हो ।

प्रहरीले सो घर खानतलासी गर्दा जवरजस्ती यौनधन्दामा लगाईएका ८ जना महिलाको समेत उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उद्धार गरिएकाहरुमा १७ देखि ३९ वर्ष उमेर समुहका रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी नायव उपपरीक्षक राकेश थापाका अनुसार ती महिलाहरुले मोरङ् पथरीशनिश्चरे ३ की ३८ वर्षीया उर्मिला नेम्वाङ् र ईलाम चुलाचुली ४ की बन्ठि भनिने नन्दिता साँवाले वेश्यावृतीमा लगाएको बताएका छन् ।

उनीहरुलाई आफन्तको जिम्मा लगाईएको छ भने जवरजस्ती वेश्यावृतीमा संलग्न गराएको आरोपमा दुई जनाविरुद्ध मानव वेचविखन मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ४० बजे

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको

चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ

किमाथाङ्का– मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५०

बारीगाउँमा हेलिप्याड निर्माण

सिमकोट– समस्यामा परेका नागरिकको तत्काल उद्धारका लागि नेपाली सेनाले हुम्लाको अदानचुली