प्रदेश २ का प्रमुख झाले दिए पहिलो महिनाको पारिश्रमिक राष्ट्रिय आविस्कार केन्द्रलाई « Khabarhub

प्रदेश २ का प्रमुख झाले दिए पहिलो महिनाको पारिश्रमिक राष्ट्रिय आविस्कार केन्द्रलाई


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले पहिलो महिनाको तलब महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

अहिराजले बुधवार काठमाडौँस्थित आविस्कार केन्द्रको कार्यालयमा पुगेर उक्त रकम पुनलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणसँगै उनले प्रदेश नम्बर २ लाई केन्द्रमा राखेर आविस्कार केन्द्रलाई अघी बढाउन आग्रह गरे ।

‘प्रदेश नम्बर २ मा पनि आविस्कार केन्द्र स्थापना गर्नूपर्यो’ प्रमुख अहिराजले अनुरोध गर्दै भने, ‘आविस्कार केन्द्को जानकारी र अवलोकनका लागि प्रदेशबाट केन्द्रमा कोही आउनु नपरोस् त्यसका लागि सम्पुर्ण तयारी प्रदेश सरकारले गर्नेछ ।’

त्यस्तै आविस्कार केन्द्र ७ वटै प्रदेशमा पुग्न सक्ने तर त्यसका लागि सम्पुर्ण प्रदेश र स्थानीय सरकारको भूमिका उल्लेख्य रहनुपर्ने पुनले बताए ।

‘त्यसका लागि प्रदेश नम्बर १ मा आविस्काका लागि एमओयू भएको छ, गण्डकी प्रदेशमा पनि कुरा भएको छ तर प्रदेश नम्बर २ मा आज कुरा आइरहेको छ’ उनले भने, ‘यसका लागि स्थानीय सरकार र जनताको अग्रसर हुनुपर्यो र आविस्कार केन्द्र सञ्चालन गर्ने हो भने नीति, नियम, कानुन र बजेट बनाउनुपर्छ ।’

पुनले आगामी पुस्ताका लागि स्वदेशमा रहेर केही नयाँ आविस्कार गर्ने संस्कार बसाल्नका लागि आविस्कार केन्द्र लागि परेको समेत बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ४४ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग