फिफा विश्वकप छनौट : उत्तरी मेसेडोनियासँग जर्मनी पराजित | Khabarhub Khabarhub

फिफा विश्वकप छनौट : उत्तरी मेसेडोनियासँग जर्मनी पराजित


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्श्वकप-२०२२ को युरोपेली छनौट अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी पराजित भएको छ ।

समूह जे मा रहेको जर्मनी उत्तरी मेसेडोनियासँग २–१ ले पराजित भएको हो ।

जर्मनीलाई उसकै मैदानमा हराउने क्रममा उत्तरी मेसेडोनियाका पान्डेवले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे ।

दोस्रो हाफको ६३औँ मिनेटमा घरेलु टोली जर्मनीका लागि इल्काइ गुण्डोगानले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे ।

तर, खेलको८५औँ मिनेटमा एल्मासले गोल गर्दै  मेसेडोनियाको जित सुनिश्चित गरे ।

पराजयसँगै जर्मनी ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । समान ६ अंकसहित उत्तरी मेसेडोनिया दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ६ : ५५ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै 

काठमाडौं– परिवारसँग सम्बन्धित विषयका बारेमा जागरुकता बढाउन र परिवारहरूलाई असर

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर

काठमाडौं – अस्ट्रेलियाका ब्याटर ज्याक फ्रेजर म्याक गुरुकले आईपीएलका बाँकी

स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल

काठमाडौं – स्पेनिस ला लिगाको बुधबार राति भएको खेलमा रियल