नेकपा एकता भंग गर्ने फैसलाविरूद्धको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश सम्मिलित इजलासमा « Khabarhub

नेकपा एकता भंग गर्ने फैसलाविरूद्धको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश सम्मिलित इजलासमा


१९ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दर्ता भएको पुनरावलोकन मुद्दामा आज सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईका लागि आफूसहितको पूर्ण इजलास बनाएका छन् । इजलासमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् ।

नेकपाको ‘नाम’ सम्बन्धी मुद्दाको फैसलामा फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपाको एकता नै अवैध ठहर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो ।

सो फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेका थिए ।

एकता भंग गर्ने फैसला कानूनी नभई सर्वोच्चको राजनीतिक निर्णय रहेको माओवादी केन्द्रको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको पार्टीको हुने फैसला दुई जना न्यायाधीश रहेको संयुक्त इजलाशले गरेको थियो ।

पुनरावलोकन निवेदनमा ‘सर्वोच्च अदालतको स्थापित नजीर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको’ जिकिर गरिएको अवस्थामा संयुक्त इजलाशले गरेको फैसला पूर्ण इजलाशले हेर्ने नियम छ ।

यस्तो इजलाशमा फैसला वा अन्तिम आदेश गर्नेबाहेकका न्यायाधीश रहने नियम छ । यस्तो इजलाशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।

पुनरावलोकनको निवेदनमा सम्बन्धित इजलाशले अन्यथा अदेश दिएमा बाहेक मौखिक जिकिर वा बहस हुँदैन । निवेदकको माग बमोजिम पुनरावलोकन गरिदिनुपर्ने देखिएमा इजलाशले कारण खुलाई पुनरावलोनका लागि आदेश दिनेछ ।

पुनरावलोकन हुने आदेश भएमा निवेदकले कानून बमोजिम कोर्ट फी, पुनरावेदन दस्तुरलगायतका दस्तुर दाखिल गरेपछि पुनरावलोकनको निवेदन पुनरावेदन सरह दर्ता हुनेछ ।

यस्तो निवेदनको सुनुवाइ फैसला गर्ने र अनुमति दिने न्यायाधीशबाहेकको इजलाशमा हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १० : ५५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं