उपत्यकाको सडक व्यवस्थापनका लागि सिएमटी परिचालन गरिने | Khabarhub Khabarhub

उपत्यकाको सडक व्यवस्थापनका लागि सिएमटी परिचालन गरिने


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुट्टै टोली परिचालन गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि करिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने बताएको हो ।

करिडोरलाई २४ खण्डमा विभाजित गरी करिडोर क्लियरेन्सका लागि १७ टोली गठन गरी परिचालन गरिने भएको छ । टोलीको पहिचानका लागि ट्राफिक प्रहरी सिएमटी लेखिएको ज्याकेट लगाएर १५ वटा मोटरसाइकलबाट ३० जनाले नियमित अनुगमन गर्नेछन् ।

मुख्य करिडोरहरू विष्णुमती, बागमती, धोबीखोला र मनोहरा करिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गर्न सो टोली परिचालन गरिएको साथै करिडोर सडकहरूमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रूपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै टोली परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताए ।

उक्त टोलीले सवारीचालकहरूलाई आफ्नो गन्तव्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले करिडोर सडक प्रयोग गर्न प्रोत्साहित गर्नेसमेत जनाइएको छ । मुख्य सडकको चोक, जक्सनको क्युमा बस्नुपर्ने विकल्पको रूपमा कोरिडोर सडक प्रयोग गरी समय तथा इन्धनको समेत बचत हुने अपेक्षा ट्राफिक प्रहरीले गरेको छ ।

महाशाखाले बुधबार आर्थिक प्रलोभनमा नपरी इमानदार भएर काम गरेका भन्दै ३६ जना ट्राफिक प्रहरीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ३० बजे

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक : लिङ्देन

सुदूरपश्चिम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

मुगु – हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज