बालिकालाई यौन क्रियाकलाप गराएको अभियोगमा पाँच जना पक्राउ « Khabarhub

बालिकालाई यौन क्रियाकलाप गराएको अभियोगमा पाँच जना पक्राउ


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले मानवबेचविखन र जवर्जस्तिकरणीको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, १८ वर्षीय मसेली भन्ने सुहागा तामाङ,५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट सुर्यगढी गाउँपालिका घर भएकी ३१ वर्षीय मुना थापा मगर र काठमाडौँ ४७ वर्षीय राजकुमार सुनार रहेका छन्।

सुहागा तामाङले १६ वर्षीय एक किशोरीलाई काठमाडौँमा कपडा पसलमा काम लगाइदिने भनी फकाइ चैत १२ गते ल्याइ श्यामकुमार भट्टराईसँग मिलेर काठमाडौँ माकलबारीमा फ्ल्याट भाडामा लिएको कोठामा राखी होटेलमा ग्राहकसँग जवर्जस्तिकरणी गर्न लगाएको उजुरी पीडित किशोरीका बुबाले प्रहरीमा दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी दीपक गिरीले जानकारी दिए। प्रहरीले माकलबारीमा रहेको घरमा छापा समेत मारेको छ।

प्रहरीको अनुसन्धानमा सुहागा तामाङले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतिहरूलाई काठमाडौँमा कपडा पसललगायतमा काम लगाई दिने भन्दै ल्याउने गरेको खुलेको छ। त्यसपछि बालिका तथा युवतिहरूलाई श्यामकुमार भट्टराईको सम्पर्कमा पुर्‍याउँछिन्।

श्यामले बालिका तथा युवतिहरूलाई शहरी फेसनको कपडा खरिद गरी लगाउन लगाई खाना, बस्न सुविधाका साथै मादक पदार्थ समेतको लतमा समेत फसाउने गरेको प्रहरीले जानकारी दिएको छ।

त्यसपछि श्यामले नै विभिन्न माध्यमबाट बालिका तथा युवतीको फोटो होटेल तथा लजका सञ्चालकलाई पठाइदिने गरेका छन्। त्यसपछि होटेले सञ्चालक त्यही फोटो ग्राहकलाई देखाएर रोजाइ अनुसारको बालिका र युवती होटेलमा पुराएर यौन क्रियाकला गराउने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

बालिका तथा युवती नमानेको खण्डमा मार्नेसम्मको धम्की दिने गरेको डिएसपी गिरीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ११ : ५१ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि