एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल « Khabarhub

एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको छ ।

सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अति विपन्न ४०० एकल महिला तथा सुत्केरीलाई जनही दुई थान ब्ल्याङ्केट, सुत्केरी सामग्री र एक बोरा चामल तथा लत्ताकपडा वितरण गरेको हो ।

उनीहरूलाई अबको तीन महिनासम्म चामल वितरण गरिने रिमरेकको सबैका लागि समावेशी परियोजनाका प्रबन्धक राजन गौतमले बताए । उनका अनुसार परियोजनाले दुवै स्थानीय तहका सबै वडा समेटिएको छ । परियोजनाअन्तर्गत सङ्कटासन्न ४०० परिवारका दुई हजार लाभान्वित भएको रिमरेकका सचिव रमेश गौतमले जानकारी दिए । उनका अनुसार राहत सामग्री दुवै स्थानीय तहका जनप्रतिनिधिले स्थानीयस्तरमै वितरण गरेका थिए ।

“हामीले राहत सामग्री स्थानीयस्तरमै पुगेर वितरण गर्‍यौँ, दाता संस्थालाई विशेष धन्यवाद दिन्छौँ”, मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर तामाङले भने । यसअघि गत माघमा सिबिएम नेपालकै सहयोगमा रिमरेकले ती दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले एक एक थान ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो ।

रिमरेकको कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत भुम्लु गाउँपालिकाको १० वटा वडाका १०० र मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो ।

मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले रिमरेकको सहयोगले अपाङ्गता भएका व्यक्ति, एकल महिला र सुत्केरीलाई राहत पुगेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  २ : ३५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी