बालुवाटारको जग्गा अनावश्यक बखेडा, विप्लवमाथिको प्रतिबन्ध हट्दैन : प्रधानमन्त्री « Khabarhub

बालुवाटारको जग्गा अनावश्यक बखेडा, विप्लवमाथिको प्रतिबन्ध हट्दैन : प्रधानमन्त्री


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टीविरुद्ध भ्रम फैलाउने काम भएको बताएका छन् ।

मंगलबार संघीय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दे नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले धेरैले किनबेच गरिसकेपछि किनेका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा नहडपेको बताए ।

प्रधानामन्त्री ओलीले बालुवाटारको जग्गा किन्नका लागि महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको भन्दै उनको बचाउ गर्दै प्रधानमन्त्री ओलीले भने “२०६१ सालमा राजाको शासनका बेला, हाम्रो सरकारको बेला होइन, जमिन किन्नुभएको रहेछ । त्यो हडपेको होइन । त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन ।”

प्रधानमन्त्री ओलीले सरकारी सम्पत्ति जुसुकैले हडपेको भएपनि सरकारले त्यो फिर्ता गर्ने प्रतिवद्धता जाहेर गरे । बालुवाटारको जग्गा सरकारी पर्छ कि पर्दैन भन्ने समयक्रमले देखाउने भन्दै उनले हडपिएका सबै सार्वजनिक जग्गा फिर्ता ल्याउने दाबी गरे ।

उनले भने “ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य हाम्रो सरकारले बाहिर ल्याएको हो । अहिले सरकारविरुद्ध उल्टै प्रतिपक्षीहरु बोलिरहेका छन् । सरकारी सम्पत्ति जहाँसुकै जोसुकैले हडप गरेको होस् । त्यो जमिन दृढतापूर्वक, कडाईका साथ फिर्ता ल्याइने छ ।”

त्यस्तै, प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध सरकार अझै कडा रुपले प्रस्तुत हुने बताए । उनले वाईड वडी प्रकरण लगायत भ्रष्टाचारका काण्डहरुको सरकारले छानविन गर्ने र दोषीलाई अनुहार नहेरी कारबाही गर्ने बताए । सरकारी र सार्वजनिक जग्गा हडप्न नदिने अभियानमा लागेको सरकारले खुला मञ्चको टहरा भत्काएको दावी गरे ।

उनले भने “भृकुटीमण्डप हामीले बेचेको हो ? रत्नपार्कमा हामीले टहरा ठड्याएको हो ? हामीले त्यहाँका टहरा भत्काएका छौं । सरकारी जमिन फिर्ता पनि ल्याएका छौं ।”

त्यस्तै, प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा तथा अमनचैनमा खलल पर्ने गरी बम पड्काउने तथा आतंक फैलाउने कुनै पनि काम हुन नदिने भन्दै घुमाउरो शैलीमा नेत्र विक्रम चन्द विप्लब समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता नहुने संकेत गरे । उनले सरकार गठनको एक बर्षमा विकास र सम्मृद्धिका लागि आधार तय गरिसकेकाले मुलुक अब सम्मृद्धिको बाटोमा अघि बढ्ने बताए ।

विगतको सरकारको समयमाभन्दा आफ्नो नेतृत्वको सरकारको समयमा मुलुकमा शान्ति सुरुक्षाको अवस्था मजबुत भएको दाबी पनि गरे । उनले अधिकारकर्मीहरुले निर्मला पन्तका परिवारलाई अनावश्यक दबाब दिने काम गरेको टिप्पणी समेत गरे ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : ४१ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली