सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार र लगानी प्रवर्द्धनमा नेपालको जोड « Khabarhub

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार र लगानी प्रवर्द्धनमा नेपालको जोड


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका निम्ति सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ ।

बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विमस्टेक) को १७ औँ मन्त्रिस्तरीय भर्चुअल बैठकलाई बिहीबार अपराह्न सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विमस्टेकजस्तो गतिशील सङ्गठनले आर्थिक वृद्धिलाई बढावा दिने, नवप्रवर्तन बढाएर विकास र समृद्धिलाई टेवा दिनसक्ने बताए ।

साथै उनले विमस्टेक मुलुकका जनतालाई गरिबी र भोकमरीविरुद्ध लड्दै मर्यादित रोजगारीको सुनिश्चितता तथा दिगो जीवनयापन झनै चुनौतीपूर्ण बनेको बताए । “सदस्य राष्ट्रहरूको सुदृढ राजनीतिक इच्छा र प्रतिबद्धताबाटै यो क्षेत्रीय सङ्गठनलाई अघि बढाउन सकिन्छ, विमस्टेक मुलुकका जनताको जीवनमा सकारात्मक परिवर्तन गर्ने परिणाममूलक मार्गचित्र बनाउन अपरिहार्य भएको छ”, मन्त्री ज्ञवालीले भने।

तीन वर्षअघि काठमाडौँमा सम्पन्न विमस्टेकको चौथौ शिखर सम्मेलनले परिकल्पना गरेको अझ उपयुक्त विमस्टेकको संरचनागत रुपरेखा तथा कानुनी प्रावधानको स्मरण गर्दै उनले क्षेत्रीय सहयोग प्रवर्द्धन तथा यस क्षेत्रका जनताको बृहत् लाभका खातिर पाँचौँ शिखर सम्मेलनलाई सफल तुल्याउनुपर्नेमा जोड दिए ।

बैठकले पाँचौँ शिखर सम्मेलनमा आपराधिक गतिविधि नियन्त्रण गर्न पारस्परिक सहायतासम्बन्धी विमस्टेक सन्धि, कोलम्बोमा विमस्टेक प्रविधि हस्तान्तरण केन्द्र स्थापना गर्नेसम्बन्धी नियम, विमस्टेक राष्ट्रका कूटनीतिक प्रतिष्ठान–प्रशिक्षण प्रतिष्ठानबीच पारस्परिक सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका लागि सिफारिश पनि गरेको छ । – रासस

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : १७ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न