ओलीको ‘ताण्डव’लाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ : नेता भुसाल « Khabarhub

ओलीको ‘ताण्डव’लाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ : नेता भुसाल


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्रीको तर्फबाट दुनियाँसँग माफी मागेका छन्।

नेकपा एमालेको ओली पक्षले निलम्बन गरेपछि प्रतिक्रिया दिँदै उनले आफ्नो अध्यक्षको तर्फबाट भएको गल्तीका कारण आफूले माफी मागेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले प्रधानमन्त्री ओलीमा असीमित सत्ताभोगको अतृप्त तृष्णाले ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु।’

भुसालले ओली समूहलाई राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रको हुर्मत लिएको भन्दै त्यो अपूरणीय भएको उनले बताएका छन्।

‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ,’ उनले लेखेका छन्।

उनले फेसबुकमा यस्तो लेखेका छन्

असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची…

Posted by Ghanashyam Bhusal – घनश्याम भूसाल on Thursday, 1 April 2021

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ३२ बजे

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच