प्रधानमन्त्रीले पठाएको समवेदना सन्देश मानन्धरका छोरालाई हस्तान्तरण « Khabarhub

प्रधानमन्त्रीले पठाएको समवेदना सन्देश मानन्धरका छोरालाई हस्तान्तरण


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष विष्णुबहादुर मानन्धरको निधन भएकोमा पठाएको शोक तथा समवेदना सन्देश आज मैतीदेवीस्थित मानन्धर निवासमा परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्रीको शोक तथा समवेदना सन्देश लिएर शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, सांसद विना श्रेष्ठलगायत मानन्धर निवासमा पुगेर छोरा सुनिल मानन्धर र परिवारजनलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मानन्धरको यहि चैत १६ गते ९१ वर्षको उमेरमा निधन भएको थियो । नेपालको राणाविरोधी र सिङ्गो कम्युनिष्ट आन्दोलनमा मानन्धरको सक्रिय, प्रेरणादायी र उल्लेखनीय योगदान रहेको छ । प्रधानमन्त्री ओलीले मानन्धरका छोरा सुनिल तथा परिवारलाई सम्बोधन गर्दै समवेदना सन्देश पठाएका हुन् ।

सन्देशमा मानन्धरको निधनले आफूलाई दुःखित तुल्याएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

“पितृवियोगमा पर्नुभएका तपाई, पारिवारिक वियोगले मर्माहत तपाईको परिवार र आफन्तजनप्रति म गहिरो समवेदना व्यक्त गर्दछु ।”

जहानियाँ राणाशासन विरुद्धको संघर्षमा समेत सक्रिय रहेका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा संगठित रहेर पुर्‍याउनुभएको योगदानको प्रधानमन्त्रीले स्मरण गरेका छन् ।

यस्तो छ शोक तथा समवेदनमा सन्देश

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : ०७ बजे

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप