प्रधानमन्त्रीले पठाएको समवेदना सन्देश मानन्धरका छोरालाई हस्तान्तरण « Khabarhub

प्रधानमन्त्रीले पठाएको समवेदना सन्देश मानन्धरका छोरालाई हस्तान्तरण


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष विष्णुबहादुर मानन्धरको निधन भएकोमा पठाएको शोक तथा समवेदना सन्देश आज मैतीदेवीस्थित मानन्धर निवासमा परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्रीको शोक तथा समवेदना सन्देश लिएर शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, सांसद विना श्रेष्ठलगायत मानन्धर निवासमा पुगेर छोरा सुनिल मानन्धर र परिवारजनलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मानन्धरको यहि चैत १६ गते ९१ वर्षको उमेरमा निधन भएको थियो । नेपालको राणाविरोधी र सिङ्गो कम्युनिष्ट आन्दोलनमा मानन्धरको सक्रिय, प्रेरणादायी र उल्लेखनीय योगदान रहेको छ । प्रधानमन्त्री ओलीले मानन्धरका छोरा सुनिल तथा परिवारलाई सम्बोधन गर्दै समवेदना सन्देश पठाएका हुन् ।

सन्देशमा मानन्धरको निधनले आफूलाई दुःखित तुल्याएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

“पितृवियोगमा पर्नुभएका तपाई, पारिवारिक वियोगले मर्माहत तपाईको परिवार र आफन्तजनप्रति म गहिरो समवेदना व्यक्त गर्दछु ।”

जहानियाँ राणाशासन विरुद्धको संघर्षमा समेत सक्रिय रहेका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा संगठित रहेर पुर्‍याउनुभएको योगदानको प्रधानमन्त्रीले स्मरण गरेका छन् ।

यस्तो छ शोक तथा समवेदनमा सन्देश

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : ०७ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको