माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई घाइते « Khabarhub

माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई घाइते


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बडीगाड गाउँपालिका– २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

बम विस्फोटमा मित्र राना र अरुणकुमार पुन गम्भीर घाइते भएको हवारीको भनाइ छ ।

उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि पाल्पास्थित प्रभास अस्पताल पठाइएको सूचना अधिकारी हवारीले बताए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : १८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी