बालाजु बाईसधारामा खसालियो मेलम्चीको पानी « Khabarhub

बालाजु बाईसधारामा खसालियो मेलम्चीको पानी


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी आज ऐतिहासिक बालाजुस्थित बाइसधारामा खसालिएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् ।

योसँगै बालाजु–सोह्रखुट्टे– नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरू भएको छ ।

शुभारम्भ कार्यक्रममा मन्त्री मानन्धरले सरकारले ऐतिहासिक काम गरेको बताउँदै जनताको समृद्धिको सपना वर्तमान सरकारले पूरा गरेरै छाड्ने बताए । मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकारले जनपक्षीय कामलाई तिब्रता दिएको बताए ।

खानेपानी मन्त्री मणिचन्द्र थापासहितको टिमलाई विशेष धन्यवाद दिंदै मन्त्री मानन्धरले अब राजधानी उपत्यकालाई सफा र सुन्दर बनाउने बताए ।

कार्यक्रममा बालाजुका स्थानीयबासीले खुशीयाली मनाएका थिए । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : २० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ